Logo

बसभित्रै लुटपाट, २ जना पक्राउ



बारा, १५ कात्तिक । लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख.५३७२ नम्बरको बसका यात्रुको नगद १ लाख ५ हजार रूपैयाँ लुटपाट गरेको अभियोगमा सोही बसमा सवार काभ्रे घर भएका ३० वर्षीय राजु लामा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बसमा सवार जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने ४५ वर्षीय पुरूषको साथबाट राजु लगायत ३ जनाले हातपात समेत गरी उक्त नगद लुटपाट गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनीहरूमध्ये २ जनालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्