Logo

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको मुद्दाको पेशी सर्यो



काठमाडौं, १५ कात्तिक । धेरैको ध्यान रहेको ललिता निवास जग्गा प्रकरणमा तत्कालीन माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको मुद्दाको पेशी आज तोकिएन । निर्णय सुनाउने दिन आजलाई तोकिएपनि पेशी नतोकिएपछि सरेको हो ।

नेपाल र भट्टराईमाथि तत्कालीन अवस्थामा प्रधानमन्त्री पदमा रहेकाले मुद्दा चल्ने कि नचल्नेबारे सर्वोच्चमा विचाराधीन छ । तत्कालीन सरकारका मन्त्री, सचिव देखि जग्गा खरिदकर्ताहरुमाथि समेत मुद्दा चल्दा प्रधानमन्त्री भएकाहरुलाई पनि मुद्दा चलाउनुपर्ने रिटमा थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बन्दी प्रत्यक्षीकरणबाहेक कुनैपनि मुद्दाको पेशी तोकेनन् । जसमा ललिता निवास जग्गा प्रकरण पनि परेको छ ।

पछिल्लो राजनीतिक टकराव र अदालतमा प्रधानन्यायाधीश जबराको राजनिामा मागको विषय पनि ललिता निवाससँग जोडिएको टिकाटिप्पणी भइरहेका छ । चोलन्द्रले माधव नेपाल र डा. बाबुराम भट्टराईलाई असजिलोमा पार्न खोजेको र त्यसलाई असफल पार्न पछिल्लो घटनाहरु विकसित भएको विश्लेषणहरु गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्