Logo

यो वर्षको भाइटिकाको उत्तम साइत ११ बजेर २ मिनेटमा



काठमाडौं, १५ कात्तिक । यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक २ गते शनिबार बिहान ११ बजेर २ मिनेटमा यमद्धितीया भाइटिकाको उत्तम साइत रहेको जानकारी दिएको हो ।

दशै र भाइटिकाको उत्तम साईत सार्वजनिक गर्दै आएको पञ्चाङ्ग निर्णायक समितिले तिहारपर्वका विभिन्न दिनका साइतहरु बारेमा पनि जानकारी दिएको छ ।

कात्तिक १६ गते मंगलबार–यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती
कात्तिक १७ गते बुधबार–काग तिहार, कुकुर तिहार नरकचर्तुर्दशी
कात्तिक १८ गते बिहीबार–लक्ष्मीपुजा, दीपमालिका, सुखरात्रि
कात्तिक १९ गते शुक्रबार–गोवर्धन पुजा, गोवलीपुजा, हलि तिहार
कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका,(किजापूजा) बिहान ११ः२ बजे।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot