Logo

जी २० राष्ट्रका नेताहरू ऊर्जा उत्पादक-उपभोक्ता समन्वयमा सहमत: म्याक्रोन



१५ कात्तिक: जी २० राष्ट्रहरूले ऊर्जा मूल्य सम्बन्धी मुद्दाहरूमा उत्पादक र उपभोक्ताहरू बीचको घनिष्ठ समन्वयमा सहमति जनाएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् ।

आइतबार जी २० शिखर सम्मेलनको समापनपछि रोममा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोनले ग्याँस र तेलको मूल्यमा भएको उल्लेखनीय वृद्धि र अस्थिरताले विश्वव्यापी वृद्धिलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।

ऊर्जाको कुरा आउँदा उत्पादक र उपभोक्ता राज्यहरू बीच समन्वयको आवश्यकता छ, म्याक्रोनले जोड दिदै भने, जी २० शिखर सम्मेलनमा त्यससँग सान्दर्भिक सम्झौताहरू सम्पन्न भएका छन् ।
त्यसैगरी युएस स्टेट डिपार्टमेन्टका ग्लोबल इनर्जी सेक्युरिटीका वरिष्ठ सल्लाहकार आमोस होचस्टेनले बिहीबार भनेका छन् ग्यास र तेल आपूर्तिकर्ताहरूले युरोपमा देखापर्ने संकटबाट बच्न विश्वव्यापी माग पूरा गर्ने क्षमता सुनिश्चित गर्ने जिम्मेवारी आएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्