Logo

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ



बाँके, १५ कात्तिक । बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी खजुरा गाउँपालिका–३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०७६ मंसिर ३ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot