Logo

आईसीसीको टी–ट्वान्टी बरियतामा नेपाल एक स्थानमाथि उक्लियो



काठमाडौं, १५ कात्तिक । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले आज सोमबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल एक स्थान उक्लिदै १३औं स्थानमा पुग्न सफल भएको हो ।

अक्टोबर २६ तारिखमा सार्वजनिक भएको वरीयतामा नेपालको स्थान यथावत रहेको थियो । यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो । यस्तै, वरीयतामा इंग्ल्यान्ड पहिलो स्थानमै यथावत रहेको छ भने पाकिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । साथै, चौंथोमा न्युजिल्याण्ड, पाँचौंमा दक्षिण अफ्रीका र छैटौंमा अष्ट्रेलिया रहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot