काठमाडौं, १५ कार्तिक । नेपाली कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीले आफ्नो प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज बेलुकासम्म राजीनामा दिने विश्वास लिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँग संक्षिप्त कुरा गर्दै शाहीले यस्तो बताएका हुन् ।
पछिल्लो समय मुख्यमन्त्री शाहीले राजीनामा नदिने हल्ला चलिरहेको बेला कांग्रेसका संसदीय दलका नेता शाहीले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘उहाँले आज बेलुकासम्म राजीनामा दिन्छु भनेर मसँग भन्नुभएको छ, उहाँले राजीनामा दिनेमा म विश्स्त छु । त्यसपछि म मुख्यमन्त्री बन्छु ।’
कर्णालीमा ६ महिनाअघि नै कांग्रेस–माओवादीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । सोहीअनुसार वर्तमान मुख्यमन्त्री शाहीले आज राजीनामा दिने भनिएको हो । file photo