Logo

प्रियंका गान्धीको आश्वासनः बसमा यात्रा निःशुल्क, वर्षमा तीन ग्याँस सिलिन्डर सित्तैमा



एजेन्सी, १५ कात्तिक । भारतको कँग्रेस आईकी नेता प्रियंका गान्धीले एकपछि अर्को आश्वासन दिएर मतदाता आकर्षित गर्न खोजिरहेकी छिन् । उत्तर प्रदेशको चुनावी तयारीका लागि दौडाहामा रहेकी उनले फेरि नयाँ आश्वासन दिएकी छिन् ।

प्रियंकाले कँग्रेस आईले चुनाव जितेमा सरकारी बसमा यात्रा गर्दा भाडा नलाग्ने आश्वासन दिएकी छिन् । उनले हरेक वर्ष प्रति परिवार तीन ग्याँस सिलिन्डर सित्तैमा दिने घोषणा समेत गरेकी छिन् ।

विगतमा भारतीय जनता पार्टीले एक सिलिन्डर वर्षमा एक परिवारलाई सित्तैमा दिने घोषणा गरेर पूरा पनि गरेको थियो । तर, प्रियंकाले भाजपामाथि ग्याँस सिलिन्डरको मूल्य बढाएर त्यस्तो प्रतिवद्धता कार्यान्वयन गरेको बताइन् ।

यसअघि प्रियंकाले छात्रालाई स्मार्टफोन सित्तैमा दिने आश्वासन दिएकी थिइन् । उनले स्नातक उत्तीर्ण गरेका छात्रालाई स्कुटी सित्तैमा दिने आश्वासन पनि दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्