Logo

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले गरे दाबी प्रस्तुत, ४९ सांसदको हस्ताक्षर



काठमाडौं, १५ कार्तिक । प्रदेश प्रमुखले गरेको आह्वानअनुसार प्रदेश १ को मुख्यमन्त्रीमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का प्रदेश नम्बर १ का संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेस गरेका छन् ।

सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’समक्ष उनले  ४९  सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । राईलाई कांग्रेस र माओवादी केन्द्रको समर्थन छ । आजमात्रै एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले पदबाट राजीनामा दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्