Logo

एमाले छाड्ने क-कस्ले फड्को मारे



काठमाडौं, १५ कात्तिक । नेकपा एमाले विभाजनले सिंगो पार्टीलाई नोक्शानी परेको छ । एमालेका अधिकांश नेता कार्यकर्ता आगामी दिनमा पर्ने थप क्षतिको आँकलन गरेर बसिरहेका छन् । तर, एमाले विभाजनले केही नेताहरुलाई भने राजनीतिक फड्को मार्ने अवसर मिलेको छ ।

एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनाइएकी रामकुमारी झाँक्रीले फड्को मारेकी छिन् । उनी सहरी विकासमन्त्री बनाइएकी छिन् । झाँक्रीभन्दा सिनियर पूर्व विद्यार्थी नेताहरु सांसदमा सिमित छन् भने कतिपय सांसद बन्न संघर्षरत छन् । तर, उनी मन्त्री बन्न सफल भएकी छिन् ।

पूर्व विद्यार्थी नेता राजेन्द्र राई एमाले विभाजन हुँदा माधवकुमार नेपालको साथमा लागे । अनेरास्ववियूका पूर्व अध्यक्ष राई प्रदेश नं १ को मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ । यो उनको राजनीति फड्को हो ।

नेकपा एसमा लागेर फड्को मार्नेमा वेदुराम भुसाल पनि हुन् । उनी उक्त दलको महासचिव भएका छन् । एमाले हुँदा उनी वरियतामा निकै तल थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot