बाँके, कार्तिक १६ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा गुड्दै गरेको सीता एयरको जहाज बँदेलसँग ठोकिएको छ ।
आज बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुगेको थियो ।दुर्घटनाबाट जहाजको अगाडिको टायरमा प्वाल परेको छ ।
नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजलाई धावनमार्गबाट बाहिर ल्याउने प्रयास भईरहेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन् ।चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गोसहित उक्त जहाज हुम्ला उड्ने तयारीमा थियो । file photo