Logo

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बरहथवामा



काठमाडौं, १७ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सर्लाहीको नगरपालिका वडा नं. ६ स्थित बरहथवामा नयाँ शाखा संचालनमा आएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस शाखा कार्यालय संचालनमा ल्याएको हो ।

बरहथवा शाखा कार्यालय संचालनमा आएसँगै यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यस शाखा सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०१ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको बैंकले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot