Logo

काठमाडौंका चार स्थानमा निःशुल्क कोरोनाविरुद्धको खोप लगाउन सुरु



काठमाडौँ, १६ कात्तिक। तिहारमा घर जाने यात्रुहरुलाई लक्षित गरि कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको छ । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो ।

आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको मन्त्रालयले जनाएको छ । खोपको कार्यक्रम आज र भोलि दुई दिन चल्नेछ बताइएको छ। खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुने मन्त्रालयले जनाएको छ । खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने हुन्छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्