काठमाडौं, १६ कात्तिक । मञ्जुश्री फाइनान्स कम्पनीले चितवनको टाँडीमा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले गरेका हुन् ।
यसअघि कम्पनीका नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, पर्सावजार, ईनरुवा, झुम्का वजार र विराटचोकमा २० वटा शाखा रहेका थिए भने अव थप १ सहित शाखा संख्या २१ पुगेको छ । कम्पनीले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएटि सेवा प्रदान गर्दै आएको छ ।