Logo

कुमारी बैंकको साधारण सभा आज हुँदै, कस्ता छन् एजेन्डा ?



काठमाडौं, १६ कात्तिक । कुमारी बैंकको आज साधारण सभा हुँदैछ । बैंकको सभा अब ११ बजेदेखि नक्सालस्थित कार्यालयमा बोलाएको छ ।

कुमारी बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक ८ गते  बुक क्लोज गर्ने गरेको  हो । कात्तिक ७ गते सम्म कायम शेयरधनीले मात्र आजको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनश शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्