Logo

ब्राउनसुगर सहित ३ जना पक्राउ



रुपन्देही, १६ कात्तिक । अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–११ पवित्रानगरबाट करिब ११ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दिपक नेपाली लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय वुटवलबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्