Logo

स्मार्ट लाइसेन्सको प्रिन्ट मंसिरदेखि सुरू गर्ने तयारी



काठमाडौं, १६ कात्तिक । स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सरकारले मंसिरदेखि सुरू गर्ने भएको छ । छपाइका लागि यातायात व्यवस्था विभागले कात्तिकभित्रै १४ लाख कार्ड ल्याउने तयारी गरेको जनाएको छ ।

हाल विभागले विदेश जान लागेका नागरिक र सार्वजनिक सेवामा आवद्ध कर्मचारीका लागि स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ । बाँकी लाइसेन्स मंसिर १ गतेदेखि प्रिन्ट सुरू गर्ने तयारी भइरहेको विभागले जनाएको छ । साथै सरकारले प्रदेश १ र २ बाहेक सबै प्रदेशमा डिजिटल प्रविधिको ईम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागेको जनाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्