Logo

काठमाडौं उपत्यकाबाट एकैदिन ८६ हजार बाहिरिए



काठमाडौं, १६ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगै उपत्यका छाड्ने यात्रुहरुको बसपार्कमा भिड लागेको छ । आज मात्रै काठमाडौं छाडेर बाहिरीनेको संख्या ८७ हजार पुगेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिर जाने यात्रुहरुलाई आफ्नो उमेर खुल्ने परिचयपत्रको आधारमा कोरोना भाइरसबिरुद्धको खोप लगाएर उपत्यका बाहिर जान आग्रह गरेको छ ।

तिहारमा घर जाने यात्रुहरुलाई आज देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको हो ।

घर जाने यात्रुहरुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलोमात्रा दिन थालेको हो । खोप बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । भेरोसेल र एस्ट्राजेनिका खोप यात्रुहरुलाई आज र भोली लगाउने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्