काठमाडौं, १६ कात्तिक । प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री नियुक्त भएसँगै गठबन्धनबाट पहिलो चरणमा मन्त्री बन्नेको नाम पनि टुंगिएको छ । पहिलो चरणमा सबै दलले कम्तिमा एकजनालाई सरकारमा पठाउने टुंगो लागेको हो ।
अहिले मन्त्री र मन्त्रालयको सबै नामको टुंगो लाग्न बाँकी रहेकाले सहमति भए जतिलाई पठाउने तयारी भएको छ ।
प्रदेश १ सरकारमा को को
राजेन्द्र राई, मुख्यमन्त्री, नेकपा एस
केदार कार्की, आन्तरिक मामला मन्त्री, नेपाली काँग्रेस
हिमाल कार्की, भौतिक पूर्वाधार मन्त्री, नेपाली काँग्रेस
इन्द्रबहादुर आङबोले, आर्थिक मामला मन्त्री, नेकपा माओवादी केन्द्र
जयराम यादव, सामाजिक विकास मन्त्री, जसपा
विष्णुमाया तुम्बाहाम्फे, सामाजिक विकास राज्यमन्त्री, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च