Logo

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेश



काठमाडौं, १६ कात्तिक । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । नेपाली काँग्रेसका प्रदेश सभा सांसद शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष दाबी पेश गरेका हुन् ।

शाहीले काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसका सांसदसहित बहुमतको हस्ताक्षर प्रस्तुत गरी दाबी पेश गरेका हुन् । दाबी पेशको समय आज साँझ ७ बजेसम्मका लागि तोकिएकाले उनी नियुक्त हुने निश्चित भएको छ ।

जीवनबहादुर शाही विगतमा पर्यटनमन्त्री भएका थिए । उनी प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्