Logo

युनाइटेडलाई हारबाट रोनाल्डोले बचाए



काठमाडौं, कार्तिक १७ । पोर्चुगिज सुपस्टार खेलाडीले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा बराबरी खेलेको छ । मंगलबार राति समूहचरण अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले एटलान्टासँग २–२ गोलको बराबरी खेलेको हो ।

गेविस रंगशालामा भएको खेलमा युनाइटेडको लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा एटलान्टाको लागि जोसिप इलिसिक र डुभान जापाटाले एकरएक गोल गरे । घरेलु मैदानमा भएको खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा एटलान्टा बराबरीमा रोकिन बाध्य भयो । खेलको १२ औं मिनेटमा जापाटाको पासमा इलिसिकले गोल गर्दै एटलान्टालाई खेलमा अगाडि बढाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । ५६ औं मिनेटमा पालोमिनोको पासमा जापाटाले गोल गर्दै घरेलु टोलीलाई फेरि २–१ गोलको अग्रता दिलाए । तर अतिरिक्त समयको पहिलो मिनेटमा ग्रिनवुडको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट बचाए ।

बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले १–१ अङ्क बाढे । बराबरीसँगै युनाइटेड ४ खेलबाट ७ अङ्क जोड्दै समूह ‘एफ’को शिर्ष स्थानमा रहेको छ । पराजित एटलान्टा ३ खेलबाट ५ अङ्क जोड्दै तेस्रो स्थानमा झरेको छ ।



प्रतिक्रिया दिनुहोस्