Logo

कस्तो रहला आज दिनभरको मौसम



काठमाडौं, कार्तिक १७ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार हाल देशभर उल्लेखनीय मौसम प्रणाली छैन।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक दुई स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख गरिएको छ।

यसैगरी राति पनि देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको रहेको छ।



प्रतिक्रिया दिनुहोस्