Logo

हाम्रो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउने र राजीनामा माग्ने पक्षमा छैन् : मनिष सुमन (भिडिओसहित)



काठमाडौं, १७ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव नल्याउने स्पष्ट पारेका छन् । उनले अदालतको विरुद्धमा आफ्नो पार्टीले कुनै टिकाटिप्पणी नगरेको पनि स्मरण गराए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अदालतका कामकारबाहीप्रति हामीले कुनै प्रकारको हात हाल्ने गरेका छैनौं । अदालतको बारेमा हामी केही बोल्दैनौं । हामी त्यहाभित्रको झगडाको बारेमा केही टिप्पणी गर्दैनौं । अदालतभित्रको समस्या आँफै समाधान हुनुपर्छ ।’

उनले प्रधानन्यायाधीश जबरामाथि आफूहरुको आदर रहेको सुनाए । प्रधानन्यायाधीशविरुद्ध पाँच दलीय गठबन्धनले महाभियोग र राजीनामा दुवै नमागेको सुमनको भनाई छ । उनले आफ्नो पार्टी अदालतको अहिलेको प्रकरण, नेपाल बार एशोसिएशनको आन्दोलनको कुनै पनि कुराको पक्ष र विपक्षमा नरहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्