Logo

प्रधानन्यायाधीश जबराले ३ वटा एकल र ६ संयुक्त गरि तोके ९ इजलास



काठमाडौं, १७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ३ वटा एकल र ६ वटा संयुक्त गरि आज ९ वटा इजलास तोकेका छन् । सबै मुद्दा बन्दीप्रत्यक्षीकरणको मात्रै छन् । यसअघि हिजोपनि बन्दी प्रत्यक्षीकरणको मात्रै मुद्दाको इजलास तोकिएको थियो । तर, न्यायाधीशहरुले हिजोको इजलास बहिष्कार गरेका थिए ।

आज प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा, र सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठलाई संयुक्त इजालस तोकेका छन् ।

प्रधानन्यायाधी जबराले एकल इजलास भने न्यायाधीशहरु कुमार चुडाल, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीलाई तोकिदिएका छन् । पछिल्लो समय नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । आज आन्दोलनको चौथो दिने हो । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बारको चेतावनी छ । file photo



प्रतिक्रिया दिनुहोस्