महाभारतको युद्धपछि भगवान् श्रीकृष्णले महारानी गान्धारीलाई आफ्नो साथ कुरुक्षेत्रमा लिएर गए । त्यहाँ उनले आफ्ना सय भाइ छोराहरुको लास देखिन । भयावह दृश्य देखेर गान्धारीले श्रीकृष्णलाई श्राप दिइन् कि–‘हे कृष्ण ! यस भयानक युद्धको कारण तिमी नै हौ । यदि तिमीले यसमा भाग नलिएको भए, आज मेरा सन्तानहरु जीवीतै हुन्थे । कृष्ण ! तिमी र तिम्रो परिवारको पनि ठिक यसै गरी विनाश होस् ।’
गान्धारीको श्राप सुनेर श्रीकृष्णले बोले, ‘धन्यावाद आमा ! म त्यस दिनको उत्सुकतापूर्वक प्रतीक्षा गर्नेछु ।
भगवान् श्रीकृष्णले यसकारण भनेका थिए कि उनका परिवार आफ्ना पापको कारण पृथ्वी माताका लागि बोझ बनेर रहेका थिए, यस कारण भगवान् उनीहरुलाई नाश गर्न चाहन्थे ।
भगवान् कृष्ण यसपछि आफ्नो राजधानी, जुन एक द्वीपमा थियो, त्यहाँ गए । त्यो द्वीपको नाम द्वारिका थियो । यसको अतिरिक्त युधिष्ठीरको राज्यभिषेक भइसकेको थियो, पाण्डवहरुमा सबैभन्दा जेठा युवराज थिए । एक दिन जब सप्तऋषि (यी सात ऋषिहरुलाई हिन्दुहरु अमर मान्छन्) द्वारिकाको समीपबाट निस्के तब कुनै यादव (श्रीकृष्णका परिवारको व्यक्ति) युवकले यी महान् ऋषिहरुलाई मुर्ख बनाउने सोचले सोह्र वर्षीय युवकको गर्भिणी स्त्री बनेर, ऋषिवरका समीपमा गएर सोध कि यस बालकको जन्म कहिले हुन्छ र छोरा हुन्छ कि भनेर सोधे । सबै ऋषिले एक स्वर भने ‘यसले त धातुको जन्म दिनेछ जुन समस्त यदुवंशीहरुको विनाशको कारण बन्छ ।’ यति भनेर सप्तऋषि वायुमा विलिन भए ।
यादव युवक यस वाक्यको अर्थ नबुझेर हाँस्न लागे । के कुनै केटाले फलामको टुक्रा जन्म दिन सक्छ ! कति आश्चर्यको कुरा छ त्यो केटाले वास्तवमा केही समयपछि नै एक फोहोर र कालो फलामको टुक्रालाई जन्म दियो । भयभीत यादवहरुले उक्त फलामको टुक्रा आफ्नो वंशका सबैभन्दा वृद्ध पुरुष उग्रसेनकहाँ लिएर गए । उग्रसेनले यो फलामको टुक्रालाई घोटेर तरल बनाएर सागरमा फ्याकिँदिए । सागरमा त्यस तरल पदार्थले बाँसुरीको डण्डीको रुप लियो । त्यो डण्डा सागरको तटमा आयो र त्यसले लामो छुरीजस्तो ध्वंसात्मक रुप धारण गर्यो । एक बाणको अघिल्लो भाग, जुन लामो चक्कूजस्तो थियो, त्यसलाई एउटा माछाले निल्यो, जब जारस नामको माझीले व्यक्तिले माछालाई समात्यो, उसले माछाको पेटभित्र तीर जस्तो टुक्रा भेट्टाएर अचम्मित भयो । उसले यो तीर एउटा शिकारीलाई दियो, जसलाई शिकारीले आफ्नो वाणको तीर बनायो ।
यसैबीच भगवान् श्रीकृष्ण, जो सर्वज्ञाता थिए, नारद मुनिलाई आमन्त्रण गरे । भगवान् मुनिवरलाई बताए कि अब समस्त यादुवंशीहरुका विनाशको समय आयो, जसबाट पृथ्वीको बोझ कम हुनेछ । उनको मृत्यु हुनेछ र विष्णु रुप बैकुण्ठमा प्रवेश गर्नेछ । उनले यो पनि भने कि यादवहरुको यस प्रकारको अन्तले उनको संसार अवतार लिनुको लक्ष्यलाई पूर्ण गर्नेछ ।
एकदिन यादवहरुले नदि किनारमा ठूलो समारोह आयोजना गरे । अचानक तिनीहरुमा कुनै कुरालाई लिएर झगडा भयो र त्यहाँ सबै धारजस्तो घाँस उखेलेर एक अर्कालाई आक्रमण गर्न लागे । यो युद्ध यति भीषण भयो कि थोरै समयमा सबै यादुवंशीहरु एक–अर्कालाई मारेर सागरको तटमा लडे । यदुवंशीहरुको यस्तो विनाश देखेर श्रीकृष्णका दाजु बलरामले दुः खित भएर सागर डुबेर विशेष योग साधनबाट आफ्नो प्राण त्याग गरे ।
भगवान् कृष्ण वनमा गए । जब उनी एउटा रुखमुनि विश्राम गरिरहेका थिए, एउटा शिकारी त्यतै आयो र भगवानलाई मृग ठानेर तीर चलायो । सर्वज्ञाता र सर्वशक्तिमान भगवान् रक्तम्ये भएर ढले । शिकारीले आफ्नो यो भूलको लागि भगवान्को पाउमा खुट्टा राखेर क्षमा र दयाको भीख माग्यो । भगवान् श्रीकृष्णले मोहिनी मुस्कानका साथ शिकारीलाई भन्नुभयो, उसले कुनै भूल गरेको छैन्, ऊ स्वयं आफ्नो कर्मको विधान पालन गरिरहेको छ । किनकी उनले आफ्नो पछिल्लो जन्ममा त्यो शिकारीलाई लुकेर चतुर्याइँ पूर्वक मारेका थिए । श्रीकृष्ण नै भगवान् रामको रुपमा आएका थिए । फेरी भगवानले शिकारीलाई भनेः तिमी द्वारिका जाऊ र सबैलाई मैले प्राण छाड्न लागेको समाचार देऊ । र यो पनि भनिदेऊ कि केही घण्टापछि सम्पूर्ण द्वारिका शहर समुद्रमा डुब्नेछ । यसप्रकार भगवान् श्रीकृष्णले आफ्नो लौकिक शरिर त्याग गर्नुभयो र आफ्नो अलौकिक विष्णु रुप धारण गरी परम धाम बैकुण्ठ प्रथान गरे ।-धर्मग्रन्थको सहयोगमा