Logo

दीपावली, छठको उपलक्ष्यमा मुख्यमन्त्री राईद्वारा शुभकामना



मोरङ, १८ कात्तिक: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले दीपावली, छठ तथा नेपाल संबत् ११४२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका।

आज जारी सन्देशमा नेपाल विविध भाषा धर्म, संस्कृति र संस्कारले भरिएको चाडपर्वको धनी मुलुक भएकाले यस्ता पर्र्वमा आ–आफ्नै मौलिकतालाई कायम राखेर तिनको जगेर्ना गर्न आजको आवश्यकता भएको उनले उल्लेख गरे ।

मुख्यमन्त्री राईले पर्वहरु मनाउने क्रममा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै भेटघाट, समाज जोड्ने पुलको रुपमा सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्