Logo

ह्दयघात के हो, यदि लक्षण देखिएमा तत्कालै उपचार कसरी गर्ने



एजेन्सी, १८ कात्तिक । ह्दयघात एक मेडिकल इमजेन्सी हो । जसमा तुरुन्त ध्यान दिन आवश्यक हुन्छ । यो रोगको लक्षण देखिएमा बिरामी बेहोस पनि हुन सक्छ र मृत्यु पनि हुन सक्छ ।  ह्दय स्वस्थ रहनको लागि ह्दयलाई अक्सिजनयुक्त र पोषक तत्वले भरीएको रगतको निरन्तर आवश्यकता हुन्छ ।

ह्दयघात यस्तो स्थिति हो जब अचानक धमनीमा रुकावट हुन्छ र ह्दयको मांशपेशीमा रगतको प्रवाह प्रतिबन्धित हुन्छ । रुकावट मुख्य रुपमा कोरोनरी धमनीमा पत्रपत्र निर्माण भएको कारण हुन्छ । मुटु त्यतिबेला रोकिन्छ जब रगत ढिक्का भएको हुन्छ । रगतको प्रवाह सम्पुर्ण रुपमा बन्द हुन्छ र यो निकै घातक हुनसक्छ ।

ह्दयघातका लक्षण
छाती दुखाई हुनु वा गाह्रो हुनु
छाती जोडले दुख्नु, हाछ्युउ आउनु
हात, गर्दन, जोड वा पीठमा दुखाई
चिसो पसिना आउनु
पेट दुख्नु
सास फेर्नमा कमी हुनु
थकान महसुस हुनु
चक्कर आउँनु वा प्रकाश नदेख्नु

ह्दयघातको लक्षण र गम्भीरता एक व्यक्ति र अर्को व्यक्तिमा फरक–फरक हुनसक्छ । ह्दयघात अचानक हुन सक्छ । ह्दयघातको लक्षण केही घन्टा, दिन वा हप्तादिन पनि देखिन सक्छ ।

ह्दयघातको जोखिम बढाउने कारक तत्वहरु
आयुः युवाहरुलाई ह्दयघात हुनुमा उनीहरुको जीवनशैलीनै प्रमुख कारक तत्व हो । वृद्ध मानिसहरुलाई यो समस्या धेरै हुने गर्छ । विशेष गरी ६५ वर्षदखि बढी उमेरका वृद्धहरुलाई अधिक हुने गर्छ ।

लिगं– एक अध्ययनले महिलाको तुलनामा पुरुषलाई ह्दयघात हुने सम्भावना अधिक हुन्छ । पछिल्लो समयमा तनावपुर्ण जीवनशैली, रजोनिवृत्ति, गर्भावस्थाको जटिलता आदिले पनि महिलाहरुलाई ह्दयघातको लागि अतिसंवेदनशील बनाएको हुन्छ ।

पारिवारिक इतिहासः यदि कसैको परिवारमा मुटुको बिरामी भएको इतिहास छ भने त्यस्ता व्यक्तिहरुमा पनि जोखिम बढी हुन्छ ।

जीवनशैलीः धुम्रपान, रक्सी सेवन, खराब आहारले उच्च कोलस्ट्रोलको स्तर पनि बढाउछ, गतिहिन दिनचर्या र तनावले पनि यसको जोखिम बढाउँछ ।
उच्च रक्तचाप र मधुमेह रोगका बिरामीहरुलाई ह्दयघात हुने सम्भावना निकै बढी हुन्छ ।

ह्दयघात भएमा तुरुन्तै के गर्ने ?
जब ह्दयघात भएको थाहा पाइन्छ, तब कुनै हालतमा समय बर्बाद गर्न हुँदैन् । तुरन्त एम्बुलेन्सलाई बोलाउनु पर्छ । र सकेसम्म डाक्टरको सहयोग पनि लिनुपर्छ । जबसम्म कतैबाट सहयोग आउँदैन तबसम्म शान्त रहने, विस्तारै गहिरो सास लिनुपर्छ । मुटुलाई असर पर्ने खालको केही काम गर्नुहुँदैन् ।

जीवनशैलीमा परिवर्तन गर्न केही तरिकाहरु
-सक्रिय रहन र व्यायाम गर्न
-तनाव र चिन्ताबाट टाढा हुने
-स्वस्थ शरीरको तौल बनाइराख्ने
-पौष्टिक र कम वोसो भएको खानेकुरा खाने
-धुम्रपान वा अल्कोहलको सेवन नगर्ने

 

 



प्रतिक्रिया दिनुहोस्