Logo

सांस्कृतिक परम्पराले आर्थिक समृद्धिमा सघाउ पु¥याउँछ : मुख्यमन्त्री शाही



कर्णाली, १८ कार्तिक । मुख्यमन्त्री जीवनबहादुर शाहीले तिहारले समाजमा शान्ति एवं स्थायित्व कायम गर्दै कर्णालीमा आर्थिक समृद्धिको ढोका खोल्दै देश निर्माणमा सघाउ पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

तिहार पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री शाहीले कोभिड– १९ को सङ्क्रमण कायमै रहेकाले सुरक्षित तवरले तिहार मनाउन सबैमा अपिल गरे । उनले कर्णाली प्रदेश एवं स्वदेश तथा विदेशमा रहनुभएका सबैलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत व्यक्त गरेको जारी शुभकामना सन्देशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्