काठमाडौं, १८ कात्तिक । निर्वाचन आयोगले विवेकशील साझाको संशोधिन विधानलाई मान्यता दिएको छ । आयोगले मिश्रलाई कार्यकारी अधिकारको अध्यक्षको जिम्मेवारी दिने गरी विधान संशोधनको निर्णय अद्यावधिक गर्दा मान्यता दिएको हो ।
दुई तिहाई केन्द्रीय सदस्यहरुले निर्णय गरेर विधान संशोधन गरेका थिए । यो निर्णय अद्यावधिक गर्न आयोगलाई पत्राचार गरिएको थियो ।
विवेकशील साझाका संयोजक मिलन पाण्डेले मिश्र पक्षको निर्णयको विरोध गर्दै आएको थियो । तर, आयोगले दुई तिहाईको निर्णयलाई मान्यता दिएको छ ।