Logo

माधव नेपालको आक्रोश : केपी ओलीले संविधानको बलात्कार गरेको होईन ? उहाँ अपराधी होईन ? (भिडिओसहित)



काठमाडौं, १८ कार्ति । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको बलात्कार गरेको आरोप लागेका छन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, केपी ओलीले संविधानको बलात्कार गरेको होईन ? उहाँ अपराधी होईन ? देशभक्तिको भावना समाप्त पार्ने । विदेशीहरुसँग चोचोमोचो गर्ने, मेरो सामुनेमा त केपी ओलीले फुर्ति नदेखाए हुन्छ । संगठन बनाउने म, अनि फूर्ति लगाउने केपी ओली ?

अध्यक्ष नेपालले केपी ओलीलाई खाली भजन मण्डली चाहिएको सुनाए । उनले कम्युनिष्टहरु ओलीसँग बस्न नसक्ने जिकिर गरे । उनले भने, उहाँसँग परिवर्तनका सम्वाहकहरु बस्न सक्दैनन् । कर्तव्यनिष्ठ मान्छे त्यहाँ बस्न सक्दैनन् ।

ओलीका आसेपासेहरु त ताली बजाउने काममात्रै गर्ने गरेको उनको भनाई छ । उनले एमालेमा भएको दश बुँदे सहमति त सबै नाटक भएको दाबी गरे । उनले सर्वोच्च अदालतमा गरिएको हस्ताक्षर फिर्ता गर्नको लागि नाटक गरिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्