Logo

योगेशविरुद्ध खनिए सुदेश पराजुली, ‘बा’ प्रवृत्तिलाई खुशी बनाउँदै नव प्रतिगामीको खरानी कति दिनसम्म घसिरहने ?’



काठमाडौं, १९ कार्तिक । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एमालेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले आफ्नो पार्टीका विषयमा व्यक्त गरेको विचारलाई लिएर गम्भीर आपत्ति जनाएको छ ।

अध्यक्ष सुदेश पराजुलीको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘हामीले लडेर स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत मान्यतालाई समेत बिर्सेर भट्टराईले व्यक्त गरेको विचारले उनको आफ्नै राजनीतिक कद घटाईरहेको छ भन्ने हाम्रो निश्कर्ष छ ।’

भट्टराईले आफ्नो पार्टीबारे दिएको अभिव्यक्ति व्यक्तिगत कुण्ठाबारे केही नभएको पनि अनेरास्ववियुको ठहर छ । पराजुलीले एमालेलाई प्रतिगामी पार्टीको संज्ञा दिँदै भट्टराईलाई सोधेका छन्–तपाईंको प्रतिगामी पार्टी एमालेको कार्यालय कहाँ छ ?’ उनले भट्टराईलाई सोधेका छन्–जनताको व्यववस्थालाई कमजोर बनाएर ‘बा’ प्रवृत्तिलाई खुशी बनाउँदै नव प्रतिगामीको खरानी कति दिनसम्म घसिरहने ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot