Logo

संयुक्त राष्ट्र प्रमुखद्वारा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा



संयुक्त राष्ट्र संघ, कार्तिक १९ (रासस/सिन्ह्वा) । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार मध्य अफ्रिकी गणतन्त्र ९सीएआर० को राष्ट्रपति गार्डका सदस्यहरूले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उक्त घटनामा १० जना शान्ति सैनिक घाइते भएका छन्।

उनका प्रवक्ता स्टेफेन डुजारिकलाई श्रेय दिएर एक विज्ञप्ति मार्फत, संयुक्त राष्ट्र प्रमुखले ूसंयुक्त राष्ट्र शान्ति सैनिकहरूमाथिको आक्रमणलाई युद्ध अपराध हुनसक्ने तर्फ इङ्गीत गरेका छन् । उनले मध्य अफ्रिकी अधिकारीहरूलाई यस अस्वीकार्य आक्रमणका दोषीहरूलाई छानबिन गर्न र तुरुन्तै जवाफदेही बनाउन कुनै कसर बाँकी नराख्न आग्रह गरेका समेत गरेका छन् ।

महासचिवले घाइते शान्ति सेना र नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दै मध्य अफ्रिकी गणतन्त्रमा शान्ति र स्थिरताको लागि इजिप्टका जनता र सरकारको योगदानका लाग कृतज्ञता व्यक्त गरेका छन् । महासचि गुटेरेसले घटनामा मारिएका मध्य अफ्रिकी नागरिकका शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

ूमहासचिवले मध्य अफ्रिकी गणतन्त्रलाई संयुक्त राष्ट्र संघको ऐक्यबद्धता र निरन्तरको समर्थनलाई पुनस् पुष्टि गरेका छन् । राष्ट्रपति गार्डले सोमबार बान्गुईमा मिनुस्का भनेर चिनिने मिसनका शान्ति सैनिकहरूलाई गोली हानेका थिए। इजिप्टका प्रहरी अधिकारीहरू अघिल्लो दिन बान्गुईको विमानस्थलमा अवतरण गरेका थिए। file photo



प्रतिक्रिया दिनुहोस्