राजयोगलाई सफल र कुनैपनि प्रतिष्ठित क्षेत्रमा उदय दिलाउने शुभयोग मानिन्छ । राजयोगलाई अहोभाग्य, धन, सुविधा, शक्तिको भरपूर अभयास र राजनीतिक प्रभावको प्राप्तिको रुपमा पनि व्याख्या गरिन्छ । विशेषगरी शक्तिमा पुग्ने नेताहरुमा त्यस्तो योग रहेको मानिन्छ ।
हिन्दु धर्मग्रन्थमा राजयोगको व्याख्या गरिएको छ । वास्तविक रुपमा राजयोग भागवत् प्राप्तिको बहुत वैज्ञानिक बाटो हो । यसमा भगवान्लाई मूलतः शुद्ध चेतना–शक्ति मानिन्छ । योगसुत्रका लेखक ऋषि पतञ्जतिली प्रथम व्यक्ति थिए, जसले यसप्रकारको वैज्ञानिक योगको अभ्यासको सम्बन्धमा विधिवत रुपमा बताएका छन् ।
राजयोगको प्रचलन वैदिक युगबाट भएको हो । ‘भगवद्गीता’ ले उसलाई बहुत गौरवान्वित बनाए र यसलाई उक्तिको साथ अनुमोदन गरिन्छ । रजयोग राजगुह्यम (सबै गोपिनीहरुका राजा), पवित्र (शुद्ध), उत्तम (सर्वश्रेष्ठ), प्रत्यक्षावगमम् (शीघ्रातिशीघ्र फल दिने), धर्म गर (धर्ममा प्रवृत्त गराउने) ।
राजयोगमा निकै कठोर अनुशासन अनिवार्य हुन्छ । नियम, आहार, ध्यान, धारणा, समाधि समेतको महत्व छ । कुनैपनि व्यक्ति त्यसै सफल र शक्तिशाली हुन सक्दैन । कठोर नियमको पालना गर्दै कर्ममा तल्लिन हुनैपर्छ । आहारमा उत्तिकै ध्यान जरुरी हुन्छ । शासनसत्ताको अभ्यास गर्नेको धारणा पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
राजयोगमा आठ प्रकारका अनुशासन मानिन्छ– यम, नियम, आसन, प्राणयाम, प्रत्याहार, धारणा, ध्यान र समाधि ।
ऋषि पतञ्जलि राजयोगका संस्थापक थिए । यिनको काल ईसा पूर्व २४०–१८० वर्ष पूर्व मानिन्छ । केही बुद्धिजीवीहरुबीच यस विषयमा मतभेद पाइन्छ किनकी यी तिनै पतञ्जली हुन् जसले महर्षि पाणीनीको सस्कृत व्याकरण ‘अष्टाध्यायी’ को विवेचना गरेका थिए । ‘महाभाष्य’ तथा कात्यायनको समालोचनाको रुपमा ‘वृत्तिका’लेखेका थिए । फेरी उनी नागराज अनाथनका अवतार थिए ।
राजयोगमा भक्त मष्तिस्कबाट माथिको अवस्था प्राप्त गर्ने अभ्यास गर्दछ । र एक प्रकारको मानवहिन या शुन्यमा प्राप्त हुन्छ । यस स्थितिलाई सरल शब्दमा बुझाउन धेरै जटिल छ । हुनसक्छ, ‘परामनोविज्ञान’ को विद्यार्थी यसलाई खुद सम्झन सक्छ । ऋषि पतञ्जलिको योगसुत्रमा कुल १९६ श्लोक छन् । सम्र्पर्ण शास्त्रमा पतञ्जलिले एकपटक पनि यो भनेका छैनन् कि भगवत् प्राप्तिको मार्ग यो मात्र हो । उनले यो कुरा स्पष्ट गरेका छन् कि भगवत् प्राप्ति कुनै पनि धार्मिक अभ्यास निष्ठापूर्वक गर्नुले हुनसम्छ ।
–धर्मग्रन्थको सहयोगमा