Logo

गलत प्रावधान नसच्याएसम्म एमसीसी संसदबाट पारित हुँदैन् : लिलामणि पोखरेल (भिडिओसहित)



काठमाडौं, २० कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लिलामणि पोखरेलले एमसीसीका प्रावधान नसच्याएसम्म संसद्बाट पारित नगरिने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसीमा राखिएको शर्त नेपालको सार्वभौमिकताको विरुद्धमा रहेको दाबी गरे ।

उनले एमसीसी अनुदान भनेर सहमति गर्ने अनि अर्कोतिर लगानी भन्ने भन्दै आक्रोश पोखे । उनले नेपाललाई एमसीसी जस्तो सम्झौता नचाहिएको जिकिर गरे । उनले पाँच दलीय गठबन्धनले काम गर्नको लागि साझा न्यूनतम कार्यक्रम तय गरिसकेको सुनाए ।

उनले यो भन्दा बाहिर गएर कसैले अनुचित काम गर्न प्रयत्न गर्छ भने त्यो ईमानदारिता नहुने सुनाए । उनले वर्तमान गठबन्धनले एमसीसी नउठाउने भनेर साझा न्यूनतम कार्यक्रममा नराखिएको पनि स्मरण गराए । उनले यो गठबन्धन अर्को चुनावसम्म जाने सुनाए ।



प्रतिक्रिया दिनुहोस्