Logo

सरकारले सबै धर्म संस्कृतिको संरक्षण गर्छः मन्त्री श्रेष्ठ



दमौली, २० कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले सबै धर्म संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ ।

नेपाल संवत् ११४२, तिहारलगायतका चाडपर्वका अवसरमा तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकार अभिभावक भएकाले सबै धर्म संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व भ एको उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै गरिबी उन्मूलनको अभियान थालनी गरेर महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “सबै धर्म, संस्कृतिका कारण नै आज समाजमा सद्भाव कायम रहेको छ, त्यसलाई निरन्तरता दिनुपर्छ ।”समाचार पत्र



प्रतिक्रिया दिनुहोस्