काठमाडौं, २० कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एमसीसीप्रति आफूहरु नकारात्मक नरहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
उनले भने-“एमसीसीप्रति हामी नेगेटिभ छैनौं । एमसीसीप्रति हामी पोजेटिभ छौं । तर, एमसीसीलाई राजनीति गरेर सत्ता गठबन्धनले जुन खालको फोहोरी खेल खेल्न खोज्दैछ, त्यो कुरामा हामी पोजेटिभ छैनौं । प्रधानमन्त्रीले एमसीसीको बारेमा सत्ता गठबन्धनको साझा धारणा बनाएर हाम्रो धारणा लिन खोज्दाखेरि हामी उहाँलाई हाम्रो धारणा दिन्छौं । अन्यथा उहाँकै गुह्य खेलभित्र नेकपा (एमाले) फस्दैन। एमसीसीको सन्दर्भमा प्रधानमन्त्रीले सत्ता गठबन्धनमा एकमत बनाउनुहोस । प्रचण्डले साँच्चिकै धोका नदिने हो भने संसद्मा ल्याउनु ।”
देउवा र प्रचण्डको घ्यु बेचुवा र तरबार बेचुवाको सम्बन्ध हो । उनले पाँच दलीय गठबन्धनलाई अवैधानिकको संज्ञा दिए । उनले देउवा, प्रचण्ड र माधव नेपाललाई अदालतले मित लगाईदिएको बताए ।