Logo

सभापतिको साझा उम्मेद्धवार तय गर्न रामचन्द्र छलफलमा



काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आन्तरिक छलफलमा जुटेका छन् । पार्टीको १४औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेद्धवार तय गर्नकोलागि पौडेल समूह छलफलमा जुटेको हो ।

खासगरी यो समूहमा सभापतिका आकांक्षी आधा दर्जनभन्दा बढि देखिएपछि सहमतिमै एक जनामात्रै उम्मेद्धवार बनाउनुपर्ने कार्यकर्ताहरुको दबाब छ । हुन त वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट एक जनामात्रै सभापतिको उम्मेद्धवार हुने भनेर भनिसकेका छन् ।

अहिले पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेता शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महतले सार्वजनिक रुपमै सभापतिमा उठ्ने भनेर भनिसकेका छन् । तर, यीमध्ये एक जनामात्रै सभापतिमा उठ्नुपर्ने नेताहरुको तर्क छ ।

बैठकमा सहभागी नेता शेखर कोइरालाले महाधिवेशनमा सभापतिको साझा उम्मेद्धवार तय गर्नेगरि छलफल भएको पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनले उपयुक्त समयमा साझा उम्मेद्धावरी घोषणा गर्ने पनि जनाए ।

उता, पार्टी सभापति शेरबहादुर देउवा पनि महाधिवेशनलक्षित आन्तरिक छलफलमा व्यस्त छन् । उनले सभापतिमा जसरी पनि जित हात पार्ने भन्दै सोहीअनुसारको तयारी थालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्