Logo

दीपावलीका पटाकाकाले दिल्लीमा प्रदूषण बढ्यो, बालबालिकालाई दीर्घकालीन असर पर्ने



काठमाडौं, कार्तिक २१ । भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वायु प्रदुषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गङ्गाराम अस्पतालका डा धीरेन गुप्ताको भनाइ छ ।

“बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो”, उनले भने

बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ ।

विशेष गरेर बालबालिकामा स्वासप्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उहाँले बताए । साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामी आउने गरेको उनको भनाई छ ।

भारतको राष्ट्रिय राजधानीसमेत रहेको नयाँ दिल्लीमा दीपावलीका पटाकाका कारण शुक्रबारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ ।

प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसले बिहीबार राति अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्