Logo

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु ६ जना घाइते



ताप्लेजुङ, २१ कात्तिक । ताप्लेजुङमा शनिबार राति एम्बुलेन्स दुर्घटना भएको छ । मैवाखोला गाउँपालिकाबाट सुनसरीको धरान जाँदै गरेको एम्बुलेन्स शनिबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परि १६ वर्षीया हेककला थ्रोपाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि धरान पुर्याइएको छ ।

भारतीय राजदुतावासले अनुदान दिएको मे १ झ ३१७० नम्बरको एम्बुलेन्स शनिबार राति बिरामी विरबहादुर लिम्बुलाई लिएर धरान जाँदै थियो । बिरामीको साथमा उनका श्रीमती, छोराछोरी र छिमेकी हेमकला पनि एम्बुलेन्समा सवार थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot