Logo

दाङमा २१ वर्षीय युवाको हत्या



दाङ, २१ कात्तिक । दाङको तुलसीपुरमा गए राति एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ नयाँ बस्तिका २१ वर्षीय टोपबहादुर पुन मगरको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार मगरसँगै रहेका शंकर डाँगी गम्भिर घाइते भएका छन् । डाँगी सल्यानको कपुरकोट–४ का हुन् । मदिरा सेवन गरेर आएको युवाहरुको समुहले धारिलो हतियार र लाठी प्रहार गरेर मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

गम्भिर अवस्थामा रहेको मगरलाई उपचारको लागि राप्ती प्रादेशीक अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगत्तै मगरलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot