Logo

चितवनमा जंगली हात्ती आंतकः लामाको शव लोथर खोलाको पारी पट्टी भेटियो



चितवन, २१ कात्तिक । चितवनमा ड्याम साइडमा घुम्न गएको समयमा एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ का सागर लामा रहेको प्रहरीले जनाएको छ। उनीसँगै घुम्न गएका साथी कृष्ण लामा भने घाइते भएका छन् ।

उनीहरु शनिबार राति ८ बजेतिर ३ जना राप्तीको ड्याम साइडमा घुम्न गएका थिए । सोही समयमा हात्तीले आक्रमण गरेको थियो । उनीहरुसँग गएका शक्ति गुरुङ भने भाग्न सफल भएका थिए ।

सागर लामा बेपत्ता भएपछि खोज्ने क्रममा आज बिहान उनको शव मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारीको लोथर खोलाको पारी पट्टी भेटिएको प्रहरीले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot