Logo

छिमेकी राष्ट्रहरुलाई विद्युत विक्रि खुल्ला गरिएको छः ऊर्जामन्त्री भुसाल



काठमाडौं, २१ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपाल छिमेकी देशहरुमा विद्युत बिक्रिको लागि तयार भएको बताएकी छन् । मन्त्री भुसालले भारत, बंगलादेश लगायतका छिमेकी राष्ट्रहरुलाई विद्युत विक्रि खुल्ला गरिएको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जानकारी दिएकी हुन् ।

कुराकानीको क्रममा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुरु भइसकेको र बंगलादेशसँग पनि सकरात्मक ढंगले छलफल भइरहेको बताएकी हुन् । भुसालले यस्तो प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको समेत जिकिर गरिन् । जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनुमा जोड दिँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्था नै सुधार हुनेमा मन्त्री भुसालले विश्वास व्यक्त गरिन् ।

उनले विद्युतको आन्तरिक खपत बढाउन्ुपर्ने आवश्यकता औंल्याउदै त्यसको लागि अध्ययन र तयारीमा लागेको बताईन् । बंगलादेश भारत भएर जाने हो भन्दै उनले नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता गर्नुपर्ने जानकारी दिइन् । File Photo

 



प्रतिक्रिया दिनुहोस्