संखुवासभा, २१ कात्तिक । संखुवासभाको सभाखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका–६ का ८ वर्षीय विपिन विश्वकर्माको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँगै पौडी खेल्न गएका ९ वर्षीय ऋतिक विश्वकर्मा भने हालसम्म बेपत्ता भएका छन् । पौडी खेल्न गएका २ जना मध्ये विपिनको शव ५ सय मिटर तल खोला किनारमा भेटिएको थियो । वेपत्ता भएका ऋतिक सभापोखरीमा तिहार मनाउन मामाघर गएका थिए ।
टिका लगाउने समयसम्म पनि उनीहरु नफर्केपछि खोजी सुरु हुँदा खोला किनारमा उनीहरुको कपडामात्र भेटिएको थियो ।