Logo

श्रीमतीमाथि बञ्चरो प्रहार गर्दा…



दाङ, २१ कात्तिक । दाङको गढवामा बञ्चरोको बिँड प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ परिचोकका ६३ वर्षीय डनबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेको प्रहरीले जनाएको छ।

घरायसी विवादमा डनबहादुरले श्रीमतीको टाउकोमा बञ्चरोको बिँडले हिर्काएको पछि सुनिताको मृत्यु भएको हो । डनबहादुरलाई अहिले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot