Logo

सल्यान बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, फरार बस चालकको खोजी



काठमाडौं, २१ कात्तिक । सल्यानको कपुरकोट गाउँपालिका खारखोलामा आज विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । ८ जनाको घटनास्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको श्रीनगर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते तीन जनालाई होलिकोप्टरबाट कोहलपुर अस्पताल लगिएको छ ।

३६ जना यात्रु सवार बस तिव्र गतिमा थियो । बस सडकबाट २ सय मिटर तल खसेकाले मृत्यु हुनेको संख्या बढेको हो ।



प्रतिक्रिया दिनुहोस्