हुम्ला,२१ कात्तिक । नेपाल एयरलाइन्सले ७ महिना अगाडी बन्द गरेको हुम्लाको सिमकोटका लागि उडान सुरु गरेको छ । हुम्लावासीले पटक–पटक एयरलाइन्सलाई आग्रह गर्दापनि हुन नसकेको उडान पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले हिमाली जिल्लामा उडान भर्ने निर्देशन दिएपछि उडान भर्न लागेको हो ।
नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि नेपालगञ्जबाट सहुलियत दरमा अब यात्र्ुहरुले यात्रा गर्न पाउने भएका छन् ।
कोरोना भाइरस नियन्त्रणको लागि बन्द भएको उडान ७ महिनापछि हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको जिल्ला प्रशासनले जनाएको छ ।