Logo

अदालतभित्रको गत्यावरोध हटाउन प्रधानन्यायाधीश जबरा सक्रिय, सबै पक्षसँग छलफल



काठमाडौं, २१ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतभित्रको अहिलेको गतिरोध हटाउनेगरि छलफलमा जुटेका छन् । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । न्यायाधीशहरुले इजलास बहिष्कार गरेका छन् ।

तिहारको विदा हुनुभन्दा अघि प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्नको लागि मात्रै इजलास राखेका थिए । न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश जबराको मार्गप्रशस्तको कुरा गरेका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दाबाहेक अरु मुद्दा नहेर्ने भनिरहेका छन् ।

तर, प्रधानन्यायाधीश जबराले भने भोलिदेखि नै सबै प्रकृतिका मुद्दामाथि सुनुवाई गर्नेगरि न्यायाधीशहरुसँग छलफल बढाएको स्रोतको दाबी छ । भोलि बारका पदाधिकारीसँग पनि भेट गर्ने उनको तयारी छ । अदालतलाई यसरी अवरोध गर्दा जनता न्याय पाउनबाट बञ्चित भएको आवाज उठ्न थालेपछि प्रधानन्यायाधीश जबराले आफूलाई सक्रिय तुल्याएका हुन् ।

उनले सबै पक्षलाई मिलाएर नै आफू अघि बढ्ने भन्दै आएका छन् । तर, कसैले सडकबाट राजीनामा माग्दैमा भने पद त्याग नगर्ने उनको सार्वजनिक भनाई छ । उनले आफू संवैधानिक विधि र प्रक्रियाबाट आएको भन्दै हटाउने भए महाभियोग लगाएर हटाउन पनि चेतावनी दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्