Logo

माधव नेपाल नेतृत्वको पार्टी चिनियाँ कम्युनिस्ट पार्टीसँग जोडियो



काठमाडौं, २१ कात्तिक । नेकपा एकीकृत समाजवादी चिनियाँ कम्युनिस्ट पार्टीसँग जोडिएको छ । आज दुई दलबीच पहिलोपटक अन्र्तक्रिया भएसँग सम्बन्धको सुरुवात भएको हो ।

नेकपा एमालेबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एस बनेपछि पहिलोपटक चिनियाँ कम्युनिस्ट पार्टीसँग अन्र्तक्रिया भएको हो । १९ कात्तिकमा भएको अनर्तक्रियामा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री छन चौले सहभागी थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेपालका कम्युनिस्ट पार्टीहरुसँग नजिकको सम्बन्ध छ । तत्कालिन नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीसँग मिलेर संयुक्त प्रशिक्षण नै गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot