Logo

सिनियर न्यायाधीशहरुलाई इजलास तोकिएन, आजपनि बन्दी प्रत्यक्षीकरणको मात्रै मुद्दा सुनुवाई हुने



काठमाडौं, २२ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाई गर्नेगरि मात्रै इजलास तोकेका छन् । तर, आफ्नो राजीनामा माग्ने सिनियर न्यायाधीशहरुलाई भने उनले आज इजलास तोकेका छैनन् ।

उनले न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, नहकुल सुवेदी, वमकुमार श्रेष्ठ, तेजवहादुर केसी, कुमार चुँडाल, मनोज शर्मा लगायतलाई मात्रै इजलास तोकेका छन् । ती सबैको इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले नै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर इजलास बहिष्कार गर्दै आएका छन् । उता, नेपाल बार एशोसिएशनले पनि आन्दोलन जारी राखेको छ । आजबाट आन्दोलन थप सशक्त बनाउने बारको तयारी छ । file photo



प्रतिक्रिया दिनुहोस्