गण्डकी, २२ कात्तिक । पोखराका सुनिता गुरुङ चरा गाइडका रुपमा सक्रिय रहनुभएको १७ वर्ष वितिसकेको छ । सन् २००४ यतादेखि गरिरहेको काममा उनी खुसी उत्साहित पनि हुन् तर नेपालमा चरा पर्यटनप्रति पनि आकर्षण बढ्दै गएका अवस्थामा एकाएक दुई वर्षअघि भित्रिएको कोरोना भाइरसको महामारीले उहाँको क्रियाशीलतालाई प्रत्यक्ष असर पा¥यो ।
विगतमा पर्यटकलाई चरा देखाउन र चिनाउन भ्याइनभ्याइ हुने गुरुङ दुई वर्षयता भने फुर्सदिलो बनेका छन् ।स्वरोजगार बन्नुभएकी उहाँको रोजगारीलाई कोरोनाले असर पारेको हो । “कोरोनाले चरा गाइडका रुपमा काम गरिरहेका सबै यतिखेर बेरोजगार बनेका छन्”, गुरुङले भने, “यसैका माध्यमबाट घरखर्च चलाएकालाई त झन् मुस्किल परेको छ ।”
चरा देखाउने र चिनाउने काम सजिलो नभएको बताउँदै उनले यसका लागि इच्छाशक्ति, धैर्यता, पहिचान, क्षमता आदि आवश्यक हुने उनले बताए। कोरोनाका कारण चरा गाइडसँगै चरामा पनि प्रत्यक्ष असर पारेको भएको गरुङको भनाइ थियो । पसलका सटरमा गुण बनाउने गौथली कोरोनाका कारण पसल बन्द हुँदा समस्यामा परेको बताउँदै उनले विकासका नाममा चराका बासस्थान मासिँदा समस्या भएको जानकारी दिए । पर्यटकीय नगरी पोखरा चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको चराका क्षेत्रमा काम गर्नेहरूले बताए । तालैतालको सहर पोखराका नौओटा ताल रामसारमा सूचीकृत छन् ।
पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदीलगायत खोलानाला चराका लागि उपयुक्त मानिन्छ । पोखरा, आसपासका क्षेत्र र हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहित विभिन्न जलसम्पदाका कारण पनि यो क्षेत्र चराचुरुङ्गीको राम्रो बासस्थान बनेको हो ।
नेपाल आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको तथ्याङ्क छ । विशेष गरी विदेशी पर्यटक नै चरा पर्यटनमा रुचि राख्ने भएकोले कोरोनाका कारण विदेशी पर्यटक नआएका कारण चरा गाइड कामविहीन जस्तै बनेका छन् ।पोखराका जलाशयमा यतिखेर जाडो छल्नका लागि पाहुना चरा आइसकेको प्रकृतिका साथीका निर्देशक राजु आचार्यले जानकारी दिए। पोखराका फेवाताल, बेगनास ताल, रुपा ताललगायत तालमा चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट चरा आउने गर्दछन् ।
यहाँका फेवा, बेगनाससहित रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालका साथै सेती नदीका आसपासमा थुप्रै पाहुना चरा देखिन थालेका छन् । विगतका वर्षमा जस्तो पाहुना चराको आउने क्रम भने कमहुँदै गएको पाइएको छ । सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवं सिमसारमा हुने गरेको अतिक्रमणका कारण सङ्कटमा पर्दै गएको अनुसन्धानले देखाएको छ ।
विशेष गरी हिमाली क्षेत्रमा हिउँ पर्न थालेपछि आहारा पाउन नसकिने भएकोले जाडो छल्नका लागि पाहुना चरा बेँसितिर झर्ने उनले जानकारी दिए । हिउँद सुरु भएसँगै चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम, कागबेनीहुँदै छिर्ने क¥याङकुरुङ पछिल्ला वर्षमा कम देख्न थालिएको छ ।
ठूला ठूला झुण्डमा आउने क¥याङकुरुङ पोखराहुँदै कालीगण्डकी उपत्यका पार गरी भारतको राजस्थानलगायत स्थानमा पुग्दछन् । पोखरा र आसपासमा क¥याङकुरुङ आउँदा र फर्कदा उनीहरूको झुण्डलाई हेर्दै लहरेबाली लगाउने हो भने त्यसले राम्रो उत्पादन दिने जनविश्वास अझै पनि कायमै छ ।
स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित देवपूजे ढुङ्गालाई प्रत्येक वर्ष क¥याङकुरुङ आउँदाजाँदा अनिवार्य घुमेर जाने गरेको त्यहाँका बासिन्दाले बताए । कास्कीको दक्षिण भेगस्थित सुरौदी खोलाको किनारामा एक दशक अघिसम्म ठूलै सङ्ख्यामा हुटिट्याउँ पाउने गरिएकामा पछिल्ला वर्षमा देख्न छाडिएको छ । रासस